aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

मनपरी प्याराग्लाइडिङले जोखिम

  • आजको नागरिक दैनिकबाट
    आजको नागरिक दैनिकबाट
  • आइतबार, १३ चैत्र २०७८
मनपरी प्याराग्लाइडिङले जोखिम

काठमाडौं । गत फागुन २६ गते नेपालगन्जबाट पोखरा आउँदै गरेको बुद्ध एयरको जहाजका चालकले दिउँसो २ बजेर २५ मिनेटमा पुम्दीकोटस्थित महादेव मन्दिरको आकाशमा प्याराग्लाइडिड देखे। पोखरा विमानस्थलमा अवतरणको तयारीमा रहेको उक्त जहाजले आफ्नो रुटजिक एकाएक प्याराग्लाइडिङ देखेपछि विमानस्थल टावरमा जानकारी गरायो।

त्यसको दुई दिनअघि पनि पोखराबाट जोमसोम जाँदै गरेको तारा एयरको जहाजका चालकले पोखराबाट १२ नटिकल माइल ९२२.२ किलोमिटर० पर सात हजार फिटको उचाइमा प्याराग्लाइडिङ उडेको भन्दै विमानस्थल टावरलाई जानकारी गराएका थिए। फागुन १५ मा पनि पर्यटकीय गाउँ सिक्लेस-कोरी पदमार्गलाई घलेखर्कसँग जोड्ने तारा हिलटपाजक दुईवटा प्याराग्लाइडिङ उडेको भन्दै एक हेलिकोप्टरका चालकले टावरलाई जानकारी गराएका थिए । त्यसको एक दिनअघि फागुन १४ मा पनि प्रभुको हेलिकोप्टर चालकले सराङकोटको बक्सबाहिर सात हजार फिट उचाइमा ५-६ वटा प्याराग्लाइडिङ उडेको जानकारी विमानस्थल टावरलाई गराएका थिए ।

पोखरामा सराङकोटको आकाशमा मात्र उडान अनुमति पाएका प्याराग्लाइडिङ तोकिएको क्षेत्रबाहिर गएर उड्ने गरेका यी केही उदाहरण हुन्। 

प्रतिक्रिया दिनुहोस