aarthiknews.com सोमबार, ०२ असार २०८२   Monday, 16 June, 2025
 

अन्तिम मतदाता नामावली प्रकाशन आज

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • आइतबार, १३ चैत्र २०७८
अन्तिम मतदाता नामावली प्रकाशन आज

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न लागेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले करिब एक करोड ७७ लाखभन्दा बढी मतदाताले मतदान गर्न पाउने जानकारी दिए । दाबी विरोधपछि करिब एक लाख मतदाता सूचीबाट हटेको अनुमान गरिएको छ । मतदाता नामावली ऐनअनुसार अद्यावधिक मतदाता नामावली प्राप्त भएको मितिले ३५ दिनभित्र पुनरावलोकन गरी प्रकाशन गर्नुपर्नेछ । यसरी अन्तिम नामावली प्रकाशन भइसकेपछि कुनै प्रकारबाट हेरफेर, थपघट वा सच्याउन सकिने छैन ।

फागुन १९ गतेदेखि एक साताको म्याद राखेर मतदाता नामावली अद्यावधिक (दाबी विरोध) गर्न र त्रुटि भए सच्याउन आयोगले आवेदन आह्वान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस