aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाको रोजगारी गुम्यो

  • आजको गोरखापत्र दैनिकबाट
    आजको गोरखापत्र दैनिकबाट
  • सोमबार, १४ चैत्र २०७८
महामारीमा फर्किएका श्रमिकमध्ये झन्डै आधाको रोजगारी गुम्यो

काठमाडौं । कोरोना महामारीको समयमा विदेशबाट फर्किएका श्रमिकमध्ये झन्डै आधाले रोजगारी गुमाएको पाइएको छ। साउथ एसियन ट्रेड युनियन काउन्सिल (साटुक)ले माइग्रेन्ट फोरम इन एसिया ९एमएफए०सँगको साझेदारीमा नेपाली श्रमिकमा गरेको अध्ययनले स्वदेश फर्केका ४८ दशमलव ६ प्रतिशत श्रमिकले रोजगारी गुमाएको तथ्याङ्क अगाडि ल्याएको हो।

स्वदेश फर्केका श्रमिकमध्ये ३८ दशमलव ७ प्रतिशतको तलब घटेको, १५ दशमलव ५ प्रतिशतले रोजगारीको कार्यसमय कम भएको र ६७ दशमलव ७ प्रतिशतले आफ्नो ज्याला गुमाएको उल्लेख गरिएको छ। कोभिड(१९ को महामारी सुरु भएपछि खाडी, मलेसियालगायतका देशबाट नेपाल फर्केका १४२ जना श्रमिकलाई अध्ययनमा समेटिएको थियो।

प्रतिक्रिया दिनुहोस