aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

भिटामिन डी कसलाई कति आवश्यक पर्छ ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
भिटामिन डी कसलाई कति आवश्यक पर्छ ?

काठमाडौं । हाम्रो शरीरलाई धेरै प्रकारका भिटामिन र पोषण तत्व चाहिन्छ । त्योमध्ये एक भिटामिन डी हो । अन्य सबै भिटामिनहरू बाहेक, हाम्रो शरीरलाई भिटामिन डी पनि धेरै चाहिन्छ । भिटामिन डी हाम्रो स्वास्थ्यको लागि धेरै महत्त्वपूर्ण मानिन्छ । हाम्रो शरीरमा भिटामिन डी घामको किरणले बन्ने गर्छ तर आजको दौडधुपको जीवनमा अधिकांश मानिसमा भिटामिन डीको कमी पाइन्छ । 

भिटामिन डीको कमी हुनु भनेको शरीरमा यो विशेष भिटामिनको मात्रा धेरै कम हुनु हो । शरीरले सूर्यको किरणको सम्पर्कमा आएर भिटामिन डी पाउन सकिन्छ । आजको जमानामा मानिसको छाला धेरै कम घामको सम्पर्कमा आउँछ । जसका कारण शरीरले भिटामिन डी बनाउन सक्दैन र यसले शरीरमा यसको कमी हुन जान्छ ।

भिटामिन डी हाम्रो हड्डी र दाँत को लागी धेरै महत्वपूर्ण छ । बालबालिकामा भिटामिन डीको कमीलाई रिकेट्स भनिन्छ जसमा हड्डी धेरै नरम हुन्छ र सजिलै भाँचिन्छ । एकै समयमा, वयस्कहरूमा भिटामिन डीको कमीले ओस्टियोपोरोसिस, वा हड्डी पातलो हुने जोखिम बढाउँछ । जसका कारण हड्डी भाँच्न थाल्छ । यसले मांसपेशी स्वास्थ्य बलियो बनाउँछ । साथै प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर संक्रमणसँग लड्न मद्दत गर्दछ । त्यस्तै, धेरै प्रकारको क्यान्सरबाट बचाउँछ र  डिप्रेसन र खराब मूड निको पार्छ । 

भिटामिन डी पाइने महत्पूर्ण खाद्य बस्तुहरुमा तेल माछा,अण्डाको पहेंलो भाग, रातो मासु र कलेजोमा पाइन्छ । मानिसको उमेर अनुसार भिटामिन डी आवश्यक पर्ने गर्छ । जस्तै, ०देखि १२ महिनाका लागि १० एमसीजी १–१३ वर्षका लागि १५ एमसीजी १४देखि १९ वर्ष– १५ एमसीजी (गर्भवती महिलाहरूको लागि १५ एमसीजी) आवश्यक पर्ने गर्छ । त्यस्तै, १९–५० वर्ष – १५ एमसीजी, ५१ देखि ६० वर्षका लागि १५एमसीजी र ७०देखि माथि उमेर भएकालाई २० एमसीजी आवश्यक पर्ने गर्छ । 
 

प्रतिक्रिया दिनुहोस