
एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दिल्लीका जनतालाई निशुल्क विजुली दिने घोषणा गरेका छन् । दिल्लीका जनताले २०० युनिटसम्मको विजुलीको विल तिर्न नपर्ने केजरीवालले घोषणा गरेका हुन ।
उनले भने, ‘दिल्लीमा बसोबास गर्ने जनताले २०० युनिटसम्मको विजुलीको विलको रकम दिन पर्दैन, तर २०० युनिटभन्दा बढी विजुली खपत गर्नेले भने पुरै शुल्क तिर्न पर्छ ।’ २०१३भन्दा पहिला दिल्लीमा २०० युनिटसम्मको जम्मा ९०० भारु तिर्न पर्ने थियो अहिलेभने कुनै पनि रकम तिर्न नपर्ने बनाएको उनले बताए ।
उनले भने, ‘दिल्लीमा विजुली कम्पनीको घाटा १७ प्रतिशतबाट घटेर ८ प्रतिशतमा आएको छ । जो जोले २०० युनिटमात्र विजुली खपत गनुहुन्छ उनीहरुको रकम माफ हुने छ ।’ दिल्लीमा एक वर्षपहिला पानी निःशुल्क दिने घोषणा भएको थियो ।
प्रतिक्रिया दिनुहोस