aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

भारतमा विषेश शास्त्र अनुसार बनाएको विशाल मन्दिर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १४ चैत्र २०७८
भारतमा विषेश शास्त्र अनुसार बनाएको विशाल मन्दिर

एजेन्सी । भारतको तेलंगना राज्यका मुख्यमन्त्री के. चन्द्रशेखर रावले १२ हजार करोड भारुमा बनाइएको संसारको सबैभन्दा ठूलो मन्दिर यदाद्रीको सोमबार उद्घाटन गरेका छन । यो कृष्णशिला (कालो ग्रेनाइट स्टोन) बाट विगत १०० वर्षमा निर्मित संसारको सबैभन्दा ठूलो मन्दिर भएको अनुमान गरिएको छ ।  मन्दिरको सबैभन्दा ठूलो विशेषता भनेको यो पूर्णतया शास्त्र अनुसार बनेको छ । 

अयोध्यामा निर्माण हुन लागेको राम मन्दिरको अनुमानित खर्च ११ सय करोड रहेको बताइएको छ भने तेलंगाना सरकारले यादद्री मन्दिर परियोजनामा १२ सय करोड खर्च गरिरहेको छ । मन्दिरमा १ सय ४० किलो सुन प्रयोग गरिएको छ । त्यसमध्ये गर्भगृहको गुम्बज (विमना गोपुरम) मा १२५ किलो सुन राखिएको छ । यहाँ कालो ग्रेनाइट ढुङ्गा पनि जडान गरिएको छ । जुन १ हजार वर्षसम्म बिग्रने छैन ।

प्रतिक्रिया दिनुहोस