
एजेन्सी । सोमबार पश्चिम बंगाल विधानसभामा भाजपा र टीएमसीका विधायकहरूबीच भीषण झडप भएको छ । बीजेपीका विधायकहरूले वीरभूम हिंसा प्रकरणमा बहसको माग गरिरहेका थिए । सो क्रममा दुवै पक्षका विधायकबीच झडप भयो र विधायकले एकअर्काको लुगा च्यात्न थालेका थिए ।
विधानसभामा कोलाहलको क्रममा टीएमसी विधायक असित मजुमदार घाइते भएका थिए । उनलाई कोलकाताको पीजी अस्पतालको वुडबर्न वार्डमा भर्ना गरिएको छ । सुभेन्दु अधिकारीसहित भाजपाका ५ विधायकलाई अर्को सूचना नभएसम्मका लागि विधानसभाबाट निलम्बन गरिएको छ ।
अर्कोतर्फ पश्चिम बंगालको विधानसभामा भएको हिंसापछि सोमबार लोकसभामा हंगामा भएको छ । जसका कारण सदन दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
बंगाल विधानसभामा हंगामाको जानकारी पाएपछि सीएम ममता बनर्जीले राज्यका शहरी विकास मन्त्री फिरहाद हकिमलाई फोन गरेका थिए । यस घटनाप्रति मुख्यमन्त्रीले चिन्ता व्यक्त गरेका छन् । उही समयमा भाजपा नेता शुभेन्दु अधिकारीले तृणमूल विधायक शौकत मोल्ला र अन्य महिला विधायकहरूले विधानसभाका सुरक्षाकर्मीहरूसँग मिलेर भाजपा विधायकमाथि आक्रमण गरेको आरोप लगाए ।
प्रतिक्रिया दिनुहोस