aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

व्याजदर कटौतिले सुन र कच्चा तेलको मुल्यमा गिरावट

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
व्याजदर कटौतिले सुन र कच्चा तेलको मुल्यमा गिरावट

एजेन्सी । अमेरिकाको केन्द्रीय फेडरल रिजर्व बैंकले २००८को मन्दीपछि पहिलो पटक व्याजदर घटाएको छ । अमेरिकाको अर्थतन्त्रमा कुनै प्रकारको गिरावटको संकटलाई टार्नका लागि केन्द्रीय बैंकले उक्त कदम उठाएको बताइएको छ । 

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार व्याजदरमा २देखि २.२५ प्रतिशतको विचमा राख्ने सहमति भएको बताएका छन् । जसको असर क्रेडिट कार्ड र ऋणीलाई पर्ने बताइएको छ । अमेरिकाको केन्द्रीय बैंकले व्याजदरको बेच्नमार्कमा करिब चौथाइ प्रतिशत दर कटौति गरेको छ ।

केन्द्रीय बैंकको यो घोषणाले अन्तराष्ट्रिय बजारमा कच्चा तेल र सुनको मुल्यमा गिरावट आउने बताइएको छ । कच्चा तेल १.०६ डलर प्रति व्यरेल घटेर ६३.९९ डलर भएको छ । त्यस्तै सुनको मुल्यमा अमेरिका ०.४ प्रतिशत घटेर १,४३१.८० प्रति औश भएको छ । अमेरिकी शेयर बजारमा पनि यसको ठूलो असर परेको छ । 
 

प्रतिक्रिया दिनुहोस