aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

प्रधानमन्त्री देउवाको पहिलो द्विपक्षीय विदेश भ्रमण भारत, क-कसलाई भेट्दैछन् ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
प्रधानमन्त्री देउवाको पहिलो द्विपक्षीय विदेश भ्रमण भारत, क-कसलाई भेट्दैछन् ?

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणले द्विपक्षीय सहकारी साझेदारीको बृद्धिको समीक्षा गर्ने अवसर प्रदान गर्ने परराष्ट्र मन्त्रालयले सोमबार जनाएको छ ।

नेपाली प्रधानमन्त्रीको तीन दिने भारत भ्रमण सन् २०२१ को जुलाईमा पदभार ग्रहण गरेपछिको उनको पहिलो द्विपक्षीय विदेश भ्रमण हुनेछ। उनीसँगै उनकी धर्मपत्नी आरजु देउवा र उच्चस्तरीय आधिकारिक प्रतिनिधिमण्डल पनि रहनेछन्।

नेपालको प्रधानमन्त्रीले उपराष्ट्रपति एम वेंकैया नायडुलाई भेट्दैछन्  र अप्रिल २ मा प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नेछन्।  नेपालका प्रधानमन्त्रीसँग विदेशमन्त्री एस जयशंकर र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले भेट गर्नेछन्। नयाँदिल्लीमा औपचारिक कार्यक्रमका साथै नेपालका प्रधानमन्त्रीले उत्तर प्रदेशको वाराणसीको पनि भ्रमण गर्ने छन् ।

भारत र नेपालबीच सदियौं पुरानो र विशेष मित्रता र सहयोगको सम्बन्ध रहेको छ । हालका वर्षहरूमा, साझेदारीले सहयोगका सबै क्षेत्रमा महत्त्वपूर्ण वृद्धि देखाएको छ। आगामी भ्रमणले दुई पक्षलाई यो व्यापक सहकारी साझेदारीको समीक्षा गर्ने र दुई जनताको हितको लागि यसलाई अगाडि बढाउने अवसर प्रदान गर्नेछ।

प्रतिक्रिया दिनुहोस