aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

रुस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
रुस र युक्रेनबीच टर्कीमा शान्ति वार्ता

एजेन्सी । रुस र युक्रेनबीच मंगलबार टर्कीको इस्तानबुलमा शान्ति वार्ता भएको छ । करिब ३ घण्टासम्म चलेको उक्त बैठकपछि रुसका प्रमुख वार्ताकार मेडिन्स्कीले सकारात्मक प्रतिक्रिया दिएको अन्तराष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन । उनले रुसले युक्रेनबीचको कीभ र चेर्निगोभमा हुने आक्रमणलाई कम गर्ने निर्णय गरेको बताए ।

सोही समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीबीच भेटघाट हुन सक्नेछ । यसअघि दुवै देशका विदेशमन्त्रीबीच वार्ता हुनेछ । अर्कोतर्फ आज डेनमार्कको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले मारियोपोलमा रुसले गरेको आक्रमण युद्ध अपराध भएको बताए । रुसले मानवता विरुद्धको अपराध गरेको छ । युक्रेनले सुरक्षा ग्यारेन्टी मागेको छ र अन्तर्राष्ट्रिय समाधानको लागि आह्वान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस