aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ चैत्र २०७८
नवनियुक्त शाखा अधिकृतहरुलाई मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले जनता र नागरिकप्रति जिम्मेवार भएर काम गर्न नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिएकी छिन ।
 
मन्त्रालयमा पदस्थापन भई आएका नवनियुक्त अधिकृतहरुका लागि दिइएको ७ दिने भूमि प्रशासन तथा व्यवस्थापन सम्बन्धी तालिमको आज काठमाडौंमा समापन गर्दै मन्त्री श्रेष्ठले कर्मचारीहरुले पाएको जिम्मेवारीलाई निष्ठपूर्वक पुरा गर्न सके नागरिकले कर्मचारीप्रति हर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन गर्न सकिने बताएकी हुन ।

उनले अब मन्त्रालय र यस मातहतका मालपोत तथा नापी सम्बन्धी कामहरुलाई प्रविधि मैत्री बनाउन लागिएको भन्दै सबै इमान्दार भएर लागे यसबाट काम पारदर्शी बन्दै जाने विश्वास समेत व्यक्त गरिन ।
  
भूमि, व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय मन्त्रालय, विभाग र कार्यालयहरुले, जनजिविकासँग जोडिएर सार्वजनिक सेवा प्रवाहको गर्ने हुँदा सार्वजनिक सेवा प्रवाह गर्दा जनअधिकार, जनचाहना र जनताको सन्तुष्टिलाई केन्द्रविन्दुमा राखेर सेवा प्रवाह गर्न पनि मन्त्री श्रेष्ठले नवनियुक्त शाखा अधिकृतहरुलाई निर्देशन दिइन  ।
 
मन्त्री श्रेष्ठले सेवाप्रवाह गर्दा कसैको पनि दवाव र प्रभावबाट मुक्तभई मितव्ययी, प्रभावकारी र जवाफदेही भएर कार्य गर्न समेत अग्रह गरिन । 
भूमि व्यवस्थापन प्रशिक्षण केन्द्र मार्फत सहकारी प्रशिक्षण तथा अनुसन्धान केन्द्र नयाँ बानेश्वरमा नवनियुक्त शाखा अधिकृतहरुलाई भूमि प्रशासन तथा व्यवस्थापन विषयमा ७ दिने तालिम दिइएको हो । 
 

प्रतिक्रिया दिनुहोस