aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

‘तीज महोत्सव २०१९’ शुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १६ साउन २०७६
‘तीज महोत्सव २०१९’  शुरु

काठमाडौं । हिन्दू नारीहरुको पर्व तीजको अवसरमा राजधानीको भृकुटीमण्डपमा महोत्सव शुरु भएको छ । महिला श्रृजनशील केन्द्रको आयोजना तथा इभेन्ट संसार डटकमको व्यवस्थापनमा ‘श्रृजनशील उद्यमी मेला २०७६’ विहीवारबाट सुरु भएको हो ।

५ दिनसम्म चल्ने उक्त मेलालाइ ‘तीज महोत्सव २०१९’ नाम दिइएको छ । प्रदर्शनीमा श्रंगारका सामानले झिलीमिली देखिएका छन् ।
विहीवारदेखि सुरु भएको मेलामा शुक्रवार महिलाहरुको चहलपहल बढ्दै गएको छ ।

चुरा, पोते, टिका, धागो र सारी किन्नका लागि महिलाहरुको भीड लागेको छ भने अवलोकन गर्न आउनेहरुको संख्या पनि उत्तिकै देखिन्छ ।
मेलामा १ सय ९२ वटा स्टलहरु राखिका छन् । मेलामा महिला उद्यमी तथा विभिन्न संघ संस्थाले आफ्ना स्टलहरु राखेका छन् ।

५ दिनको कार्यक्रममा ५० हजारभन्दा बढिले अवलोकन गर्ने आयोजकको अपेक्षा रहेको छ । १८ औँ  ‘तीज महोत्सव २०१९’ महिला श्रृजनशील केन्द्रको आयोजनामा काठमाडौंको भृकुटीमण्डपमा मेला १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने छन् । 

प्रदर्शनी हलमा सञ्चालन भएको यस मेलाको उद्घाटन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाबाट भएको हो ।  महिलाहरुको आत्मविश्वास बढाएर, क्षमता विकास अभिवृद्धि गर्दै उनीहरुलाई श्रृजनशील बनाउँदै उद्यमशीलतामा अगाडी बढाउने उद्देश्यले यो मेलाको आयोजना गरेको महिला श्रृर्जनशील केन्द्रकी अध्यक्ष मिलु थापाले जानकारी दिइन् ।  

‘२००२ सालबाट सुरु गरेको यस मेला सुरु गर्ने बेलामा उद्यमशील महिलाहरु एकदमै न्यून रहेको अवस्था थियो।  त्यसबेला महिलाहरु घरबाट बाहिर निस्कन नसक्ने अवस्था थियो। मेला सुरुवात गर्दाको पहिलो वर्ष मेलामा भाग लिन आउने महिलाहरु थोरै संख्यामा थिए।’ अहिले १८ वर्षमा आइपुग्दा उद्यमशील र उद्यमी महिलाको संख्या बढेको  बताउँदै महिला श्रृर्जनशील केन्द्रले ५०० जना उद्यमशील र १०० जना महिला उद्यमी भएर विभिन्न महिलालाई जागिर दिन सक्ने भएको अध्यक्ष थापाले जानकारी दिइन् । ‘हरितालिका तीज नजिकिँदै छ’ उनले भनिन्, ‘दिदीबहिनीहरुका लागि यो मेला निकै उपयोगी हुनेछ’ ।

संस्करणको मेलामा २ सय भन्दा बढी महिला उद्यमी तथा सहयोगी संघ संस्थाहरुको सहभागिता रहने छ । मेलामा २०० वटा स्टलहरु रहनेछन भने १० वटा स्टल भने केहि शिप भएका र आर्थिक स्थिती कम्जोर भएका महिलाहरुका लागि राखिएको आयोजकले जानाएको छ । 

महिला श्रृर्जनशील केन्द्रको यस महोत्सवबाट उठेको केही रकम  शिप भएर पनि आर्थिक अवस्था कम्जोर भएका पिछडिएका महिला र र विभिन्न महिला संघ संस्थालाई सहयोग गर्ने आयोजकले बताए।

यस वर्षदेखि उक्त मेला प्रदेश नम्बर १ को ईटहरी र प्रदेश नम्बर ३ को हेटौंडामा पनि आयोजना हुने भएको छ । काठमाडौंमा यहि श्रावण १६ गतेदेखि २० गतेसम्म सञ्चालन हुने र ईटहरीमा श्रावण ३० देखि ३२ गतेसम्म संचालन हुनेछ । हेटौंडामा भने तीज मेला भाद्र ५ गतेदेखि ७ गतेसम्म आयोजना हुने भएको छ।
 

प्रतिक्रिया दिनुहोस