aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

विश्वभरी ४० वर्षमुनिका ८७ जना अर्बपति, कसले कसरी कमाए यत्रो सम्पत्ति ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ चैत्र २०७८
विश्वभरी ४० वर्षमुनिका ८७ जना अर्बपति, कसले कसरी कमाए यत्रो सम्पत्ति ?

एजेन्सी । विश्वभरी ४० वर्ष मुनिका ८७ यस्ता अर्बपतिहरू छन् । जसले यो सम्पत्ति आफ्नै बलबुताबाट कमाए । पछिल्लो एक वर्षमा उनीहरुको संख्यामा थप ८ नाम थपिएका छन् । भने पाँच वर्षमा यो संख्या झण्डै दोब्बर भएको छ ।  हुरुन र सांघाई स्थित कम्पनी हिविन वेल्थद्वारा हालै जारी गरिएको प्रतिवेदनले यस्तो देखाएको छ । 

हुरुन ग्लोबल फोर्टी र अन्डर सेल्फ–मेड बिलियनियर्स–२०२२ को सूची अनुसार अमेरिका ३७ अर्बपतिको साथ शीर्ष स्थानमा छन् । त्यसपछि चीनमा २५ अर्बपति रहेका छन् । आठ अर्बपतिसहित बेलायतले भारतलाई उछिन्दै तेस्रो स्थानमा पुगेको छ । यसले सूचीमा तीन स्थान सुधार गरेको छ ।

एक वर्षमा अमेरिकामा ६ अर्बपति र बेलायतमा पाँच अर्बपति थपिएका छन् । भने चीनमा पाँचले घटेको छ । योसँगै भारत ६ अर्बपतिसहित यो सूचीमा चौथो स्थानमा छ । पछिल्लो एक वर्षमा भारतमा दुई अर्बपति बनेका छन् ।

पछिल्लो एक वर्षमा १.९० लाख करोड रुपैयाँको सम्पत्ति गुमाए पनि फेसबुकका ३७ वर्षीय संस्थापक मार्क जुकरबर्ग ५.८० लाख करोड रुपैयाँको सम्पत्तिका साथ शीर्ष स्थानमा छन् । टिकटकका संस्थापक ३९ वर्षीय झाङ यिमिङले ४.१२ लाख करोड रुपैयाँ खर्च गरेका थिए । नेट वर्थ दोस्रो स्थानमा छन् । 
 

प्रतिक्रिया दिनुहोस