
जेनेभा । रुसको युद्धबाट बच्न ४० लाखभन्दा बढी युक्रेनीहरू अहिले देश छोडेर भागेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कले बुधबार देखाएको छ ।युनएचसिआर संयुक्त राष्ट्रसंघ शरणार्थी एजेन्सीले जनाए अनुसार ४० लाख १९ हजार २८७ युक्रेनीहरू गत फेब्रुअरी २४ को आक्रमण पछि देशको सिमाना पार गरी भागेका थिए । ती मध्ये २३ लाखभन्दा बढी पश्चिमबाट पोल्याण्ड गएका थिए।
प्रतिक्रिया दिनुहोस