aarthiknews.com सोमबार, २५ जेठ २०८३   Monday, 08 June, 2026
 

अघोषित लोडशेडिङ : बारा–पर्सा कोरिडोरमा आधा मात्रै उत्पादन

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • विहीबार, १७ चैत्र २०७८
अघोषित लोडशेडिङ : बारा–पर्सा कोरिडोरमा आधा मात्रै उत्पादन

वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरणले महँगो मूल्यमा समेत भारतबाट विद्युत् ल्याउन नसकेपछि देशको सबैभन्दा ठूलो औद्योगिक कोरिडोरका उद्योगले ऊर्जा संकट झेल्न थालेका छन् ।

बारा–पर्सा कोरिडोरका उद्योगमा एक हप्तादेखि अघोषित लोडशेडिङ भइरहेको उद्यमीहरूले बताए । यस क्षेत्रका उद्यमी, व्यवसायीको संस्था वीरगञ्ज उद्योग वाणिज्य संघले उद्योगमा नियमित विद्युत् आपूर्तिको व्यवस्था मिलाउन माग गरेको छ ।

कोरोना महामारीबाट थलिएका उद्योग, प्रतिष्ठान तंग्रिने प्रयासमा रहेका बेला आइपरेको ऊर्जा संकटले ठूलो मार पर्ने संघका अध्यक्ष सुवोधकुमार गुप्ताले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । ‘उद्योगहरू पुनरुत्थानतर्फ अग्रसर भइरहेकै अवस्थामा विद्युत् प्राधिकरणले अचानक लोडशेडिङ गर्दा संकट थपिएको छ । तत्काल लोडशेडिङ हटाउनु पर्छ,’ गुप्ताले भनेका छन् ।

प्रतिक्रिया दिनुहोस