
एजेन्सी । भारतमा आज बिहीबार राति १२ बजेदेखि राष्ट्रिय राजमार्गको यात्रा महँगो हुने भएको छ । भारतीय राष्ट्रिय राजमार्ग प्राधिकरण (एचएनआइए) ले टोल कर १० रुपैयाँबाट बढाएर ६५ पुर्याएको छ । साना सवारी साधनमा १० देखि १५ रुपैयाँ र व्यापारिक सवारीसाधनमा ६५ रुपैयाँ बढाइएको छ भने वैशाख १ गतेदेखि राजमार्गमा आवतजावत गर्न थप रकम तिर्न पर्ने भएको छ ।
सराई कालेखानदेखि काशी टोल प्लाजासम्मको द्रुतमार्गमा कार, जिपजस्ता हलुका सवारी साधनको टोल कर १४०को सट्टा १५५ रुपैयाँ लाग्ने भएको छ । नयाँ भाडा सराय कालेखाँदेखि रसुलपुर सिक्रोड प्लाजासम्म १०० रुपैयाँ र भोजपुर जान १३० रुपैयाँ तोकिएको छ । विभिन्न प्रकारका सवारी साधनहरूको लागि १०–१५ प्रतिशतसम्म वृद्धि भएको छ ।
हाल, ६ राष्ट्रिय राजमार्गहरू लखनउसँग जोडिएका छन् । यी मध्ये कुनै हरदोई राजमार्गमा टोल लागु हुँदैन । त्यसैगरी असोजदेखि सीतापुर राजमार्गको टोल दरमा पनि परिवर्तन हुने भएको छ । तर कानपुर, अयोध्या, रायबरेली र सुल्तानपुर जान भने बढी टोल ट्याक्स तिर्नुपर्नेछ । नयाँ दर आज रातिदेखि लागू हुनेछ ।
लखनऊ–रायबरेली राजमार्ग (दखिना शेखपुर प्लाजा) मा अब साना निजी सवारी साधनले रु १०५ र बस ट्रकको दुई एक्सेल रु ३६० तिर्नु पर्नेछ । त्यसैगरी लखनऊ–अयोध्या राजमार्ग (नवाबगञ्ज प्लाजा) मा अब साना निजी सवारी साधनले ११० रुपैयाँ र बस–ट्रकको दुई एक्सेलका लागि ३६५ रुपैयाँ तिर्नुपर्नेछ ।
लखनऊ–कानपुर राजमार्ग (नवाबगञ्ज प्लाजा) मा अब सानो निजी सवारी साधनले ९० रुपैयाँ र बस–ट्रकको दुई एक्सेलका लागि २९५ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै लखनउ सुल्तानपुर राजमार्ग (बारा प्लाजा) मा अब साना निजी सवारी साधनले ९५ रुपैयाँ र बस–ट्रकको दुई एक्सेलका लागि ३२५ रुपैयाँ तिर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस