
काठमाडौं । विहीबार बसेको मन्त्रिपरिषदको बैंठकले नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ । तीन डिआईजीलाई एआईजीमा बढुवा गरेलगत्तै सरकारको उक्त निर्णयविरुद्ध डीआईजीहरूले सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् ।
बैठकले वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको हो । तीन डीआईजीहरू घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमाम रिट दर्ता गराएका हुन् ।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो । गृह मन्त्रालयका सचिव अध्यक्ष, प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्यसचिव रहेको बढुवा समितिले चैत १ मा डीआईजीहरू वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई एआईजीमा सिफारिस गरेको थियो ।
प्रतिक्रिया दिनुहोस