aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

रुसको अर्थतन्त्र १० प्रतिशतले संकुचित हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ चैत्र २०७८
रुसको अर्थतन्त्र १० प्रतिशतले संकुचित हुने

एजेन्सी । रुसको अर्थतन्त्र यस वर्ष १० प्रतिशत र युक्रेनको कुल गार्हस्थ्य उत्पादन २० प्रतिशतले सङ्कुचित हुने प्रक्षेपण गरिएको छ।  पुनर्निर्माण र विकासका लागि युरोपेली बैंकका अनुसार दुई देशबीचको युद्धले ५० वर्षको लागि ‘सबैभन्दा ठूलो आपूर्ति झटका’ निम्त्याउनेछ।  फेब्रुअरी २४ मा रुसले आफ्नो पश्चिमा समर्थक छिमेकीमाथि आक्रमण गर्नुअघि लन्डनस्थित युरोपेली बैंक फर रिकन्स्ट्रक्सन एण्ड डेभलपमेन्टले यो वर्ष युक्रेनी जीडीपी ३.५ प्रतिशतले वृद्धि हुने र रुसी अर्थतन्त्र तीन प्रतिशतले विस्तार हुने भविष्यवाणी गरेको थियो।   

प्रतिक्रिया दिनुहोस