aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण बारेमा ‘द इकोनोमिक टाइम्स’को विश्लेषण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ चैत्र २०७८
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण बारेमा ‘द इकोनोमिक टाइम्स’को विश्लेषण

एजेन्सी । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) आयोजना नेपालमा लगभग अड्किएको छ । ‘द इकोनोमिक टाइम्स’ पत्रिकाले चीनको यो विशाल आयोजनाका धेरै परियोजनाको फाइदाबारे स्पष्टता नहुँदा र बजेट अभावका कारण नेपालमा ठूलो धक्का लागेको लेखेको छ । अखबारले हालै चिनियाँ विदेशमन्त्री वाङ यीले नेपाल भ्रमण गर्दा दुई देशबीच नौवटा सम्झौतामा हस्ताक्षर भएको थिए । जसमध्ये कुनै पनि बीआरआई परियोजनासँग सम्बन्धित थिएन ।

यसबाहेक नेपालले यस विषयमा खुला संवाद चाहेकोले वाङ यीको भ्रमणमा बीआरआई योजनाबारे पनि छलफल नभएको प्रतिवेदनमा उल्लेख छ । स्रोतलाई उद्धृत गर्दै अखबारले लेखेको छ बीआरआईको रणनीतिक डिजाइनले यसलाई ऋणको जालमा फसाउन सक्छ भन्ने शंका नेपालका नीति निर्माताहरूमा रहेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ यीसँग थप अनुदान मागेका छन् । ‘अहिलेको अवस्थामा नेपालले चीनबाट ऋण होइन अनुदानमा धेरै परियोजना चाहन्छ’, उनी भन्छन् । नेपालमा बीआरआई आयोजनाको कार्यान्वयन निकै सुस्त हुने चिनियाँ विज्ञहरुको विश्वास छ । यसको कारण धेरै क्षेत्रमा सम्झौताको दोहोरोपन र कार्यान्वयनमा स्पष्टता नहुनु हो ।
 

प्रतिक्रिया दिनुहोस