
काठमाडौं । कोरियन स्मार्ट फोन निर्माता कम्पनी सामसुङले आफ्नो नयाँ स्मार्ट फोनको नाम सुटुक्क परिवर्तन गरेको छ । पहिले प्रचार गरिएको नाममा नै फोन बिक्री गर्दा युरोपेली बजारमा बिक्री शुन्य हुने देखेपछि कम्पनीले यस्तो कदम चालेको हो ।
बहुप्रतिक्षित ग्यालेक्सी जेड फोल्ड थ्री र ग्यालेक्सी जेड फ्लिप थ्री को नाम बाट जेड अक्षर हटाएर पुर्व युरोपेली मुलुकहरुमा बिक्री गर्न लागेको हो । रसियन सैन्य बलले युक्रेनमा युद्ध गर्ने क्रममा आफ्नो ट्याङकहरुमा जेड अक्षर प्रयोग गरेपछि युक्रेनले विश्वव्यापी रुपमा जेड शब्दलाई रसियन अतिक्रमणको संकेतका रुपमा लिइदिन आग्रह गरेको छ ।
त्यसैलाई मध्यनजर गर्दै जेड अक्षर आफ्नो नयाँ फोनको नाममा राख्दा बिक्री नहुने निष्कर्षका साथ युरोपेली मुलुकहरुमा रहेको आफ्नो वेभसाइटमा सो फोनको नामबाट जेड अक्षर हटाइसकेको छ ।
यससँगै अब सामसुङको नायँ फोनको नाम ग्यालेक्सी फोल्ड थ्री र ग्यालेक्सी फ्लिप थ्री मात्रै रहनेछ । रोचक त यो छ की युक्रेनले जेड अक्षरलाई बहिष्कार गरौ भन्ने अभियानको आह्वान गर्दा त्यहाँका मन्त्रीले भने क्रिमिनलाइज भन्दै जेडको नै प्रयोग गरेका थिए । त्यति मात्रै होइन त्यहाँका राष्टपतिको नाममा नै जेड अक्षर छ । यदि जेड अक्षर हटाउने हो भने उनको नाम नै जेलेन्स्कीबाट सेलेन्स्की बन्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस