aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

छ वर्षमा तीन हजार सात सय सीमा स्तम्भ निर्माण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
छ वर्षमा तीन हजार सात सय सीमा स्तम्भ निर्माण

यो वर्षको भारी वर्षा र बाढीका कारण नेपाल–भारत सीमा क्षेत्रका चार वटा सीमा स्तम्भमा क्षति पुगेको छ । कपिलवस्तु सीमा क्षेत्रमा रहेका चार वटा सीमा स्तम्भमा क्षति पुगेको हो ।

नापी विभागले सीमा स्तम्भ ढलेर केही तलसम्म बगेको जनाएको छ । सो सीमा स्तम्भको निर्माण कार्य अब दुई देशबीचको संयुक्त छलफल पछि अघि बढ्ने विभागले जनाएको छ ।

नेपाल र भारत सीमामा ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ रहेकोमा ६ वर्षमा ३ हजार ७ सय ३३ वटा निर्माण र मर्मत भएको पनि विभागले जनाएको छ ।

सीमा स्तम्भ निर्माणका लागि दुवै मुलुकले सन् १९१८ देखि संयुक्त रूपमा काम गर्दै आएका छन् । सन् १९१८ देखि २००७ सम्ममा नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीले निरन्तर अध्ययन गरेर नेपाल र भारतको नक्साअनुसार ८ हजार ५ सय ५४ वटा सीमा स्तम्भ भएको पत्ता लगाएको थियो ।

जसमा २ हजार १ सय ५ नदी क्षेत्रमा र ३१ वटा नदी किनारमा छन् । यस्तै, भूमि क्षेत्रमा ६ हजार ४ सय १८ वटा सीमा स्तम्भ छन् । यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस