aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अम्बानी र अदानीको एक दिनको कमाइ ३७८ करोड र ७५६ करोड

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १८ चैत्र २०७८
अम्बानी र अदानीको एक दिनको कमाइ ३७८ करोड र ७५६ करोड

एजेन्सी । भारत र एशियाका दुई ठूला धनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष र प्रबन्ध निर्देशक मुकेश अम्बानी र अडानी समूहका मालिक गौतम अडानीका लागि आर्थिक वर्ष २०२१–२०२२ उत्कृष्ट रह्यो। गौतम अडानीको कुल सम्पत्ति ६९.७० प्रतिशतले बढेको छ भने मुकेश अम्बानीको कुल सम्पत्ति २०.६७ प्रतिशतले बढेको छ । नेटवर्थको हिसाबले एसियामा अम्बानी पहिलो र अदानी दोस्रो स्थानमा छन् ।

ब्लूमबर्गको अर्बपतिहरूको सूचीमा, मुकेश अम्बानी अहिले ९८.२ बिलियन डलरको कुल सम्पत्तिका साथ विश्वको १० नम्बरमा र गौतम अडानी ९६.९ बिलियन डलरको सम्पत्तिका साथ ११ नम्बरमा छन्  ।  त्यस्तै, आर्थिक वर्ष २०२२ मा अदानीले हरेक दिन लगभग ७५६ करोड कमाएको थियो । अम्बानीले हरेक दिन करिब ३७८ करोड रुपैयाँ थपेका छ । 
 

प्रतिक्रिया दिनुहोस