aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

बार एशोसिएशनको निर्वाचन आज, सत्ता पक्ष र विपक्षको भिड्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ चैत्र २०७८
बार एशोसिएशनको निर्वाचन आज, सत्ता पक्ष र विपक्षको भिड्दै

काठमाडौं । नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आज शनिबार हुने भएको छ । । अध्यक्ष पदका लागि मात्रै ८ जनाले उम्मेदवारी घोषणा गरेका छन्  । महासचिव पदमा ६ जना, बागमती प्रदेशको उपाध्यक्षमा ४ जना र कोषाध्यक्ष पदका लागि तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

नयाँ कार्यसमितिका लागि  प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूह र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहबीच प्रतिस्पर्धा हुने भएको छ । 

उक्त समूहमध्ये प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी र बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानुन व्यवसायी समूहको नेतृत्व गोपालकृष्ण घिमिरेले गरेका छन ।

निर्वाचन समितिका सदस्य सुरेन्द्र महतोका अनुसार बारको निर्वाचनका लागि शनिबार बिहान देशभरको ३५ स्थानबाट एकसाथ बिहान ८ः०० बजेदेखि मतदान प्रारम्भ हुनेछ भने ४ः०० सम्पन्न हुनेछ ।  बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्यहरु गरी २५ जनाको कार्यसमितिका लागि हुन गइरहेको छ ।

 निर्वाचनमा नौहजार ७०८ जना अधिवक्ता मतदाता रहेका छन् । त्यसमध्ये उपत्यकामा पाँचहजार ७०० र उपत्यका बाहिर तीन हजार ५०० रहेका छन् । सर्वोच्च अदालत परिसरमा चारवटा बुथको व्यवस्था गरिएको छ । उपत्यकामा धेरै मतदाता भएकाले चारवटा बुथको व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य महतोले जनकारी दिए ।

प्रतिक्रिया दिनुहोस