aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

बोइङको त्रैमासिक घाटा दुई अर्ब नौ करोड डलर

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
बोइङको त्रैमासिक घाटा दुई अर्ब नौ करोड डलर

बोइङले दोस्रो त्रैमासिक अवधिमा २.८ अर्ब डलरको घाटा भएको जनाएको छ । दुई भयानक दुर्घटनापछि फ्लागशिप ७३७ म्याक्स जेट ग्राउण्डेड भएकाले यो घाटा हालसम्मकै खराब हो ।

अघिल्लो कारोबार अवधिको तुलनामा बोइङको सेयर मूल्यमा ३.१ प्रतिशतले गिरावट आएको छ । यसले डाउ जोन्स इन्डस्ट्रिज एभरेज पनि ओरालो लागेको छ ।

यो वर्षको त्रैमासिक अवधिमा बोइङको सेयर मूल्यमा प्रतिसेयर ५.८२ डलरले गिरावट आएको छ । यसैबीच आम्दानीमा पनि भारी गिरावट आएर १५.८ अर्ब डलर कामय भएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस