भैरहवा । पत्रकार तथा साहित्यकार पुनहरि बेल्बासेद्वारा लिखित कविता सङ्ग्रह विमोचन भएको छ । आज भैरहवामा आयोजित एक कार्यक्रमका बीच पूर्व मन्त्री घनश्याम भुसालले एकताका काँधहरु कविता सङ्ग्रह विमोचन गरेका हुन् । सिद्धार्थ साहित्य परिषद्को नवनिर्मित भवनको उद्घाटन र पत्रकार बेल्बासेको कृति विमोचन मन्त्री भुसालले गरेका हुन् ।
कविता सङ्ग्रह विमोचन गर्दै मन्त्री भुसालले पत्रकार अध्ययनशील हुने भएकाले आफ्नो पेसा सँगै साहित्य क्षेत्रलाई अगाडि बढाउन सक्ने बताए । साहित्यले मानिसलाई अमर बनाउने भएकाले अध्ययन सँगै लेखन र कृति प्रकाशन गर्नु पर्ने मन्त्री भुसालले जोड दिए ।
स्थापनाकालदेखि सिद्धार्थ साहित्य परिषद्ले नियमितरूपमा मासिक संगम गर्ने र कृतिकारका कृतिहरु प्रकासन गर्ने गरेको संस्थापक अध्यक्ष प्राडा कपिल लामिछानेले बताए ।
साहित्यमा धेरै जसो व्यक्तित्वले कविता बाट सङ्ग्रह निकाल्ने गरेको र एकताका काँधहरु पनि कविता र गजलको सङ्ग्रह रहेको छ लामिछानेले भने ।
एकताका काँधहरु विसं २०७७ साल साउनमा सिद्धार्थ साहित्य परिषद्ले प्रकासन गरेको र कोभिड १९ का कारण विमोचन गर्न ढिलाइ भएको सिध्दार्थ साहित्य परिषद्का अध्यक्ष डिल्लीराज भट्टराईले बताए । बेल्बासेद्वारा रचना गरिएको एकताका काँधहरु कविता सङ्ग्रहमा देशभक्त, प्रकृति प्रेम र समसामयिक विषयका कविताहरु रहेकाछन् भने भावनात्मक र माया प्रेमका गजलहरु रहेका छन् ।
प्रतिक्रिया दिनुहोस