aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

अदानीले अम्बानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी व्यक्ति बने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० चैत्र २०७८
अदानीले अम्बानीलाई पछि पार्दै एसियाका सबैभन्दा धनी व्यक्ति बने

एजेन्सी । भारतका उद्योगी अदानी समूहका अध्यक्ष गौतम अडानी एसियाकै धनी व्यक्ति बनेका छन् । ब्लूमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार अडानीको कुल सम्पत्ति १०० अर्ब डलर पुगेको छ । योसँगै उनी विश्वकै १० औं धनी व्यक्ति पनि बनेका छन् ।

अदानी २.४४ बिलियन डलरको नेटवर्थ बढेर ब्लुमबर्गको विश्वका धनी व्यक्तिको सूचीमा १० औं स्थानमा पुगेका हुन । यससँगै अदानी १०० अर्ब डलरको नेटवर्थसहित सेन्टीबिलियनियर्स क्लबमा सामेल भएका छन् । 

१०० बिलियन डलरभन्दा बढीको नेटवर्थ भएका व्यक्तिहरूलाई सेन्टिबिलियनर भनिन्छ । अदानीको कुल सम्पत्ति यस वर्ष अहिलेसम्म २३.५ बिलियन डलरले बढेको छ । सूचीमा रहेका सबै व्यक्तिहरूमध्ये, अदानीको सम्पत्तिमा यो वर्ष सबैभन्दा बढी वृद्धि भएको छ ।

रिलायन्स इन्डस्ट्रिजका प्रमुख मुकेश अम्बानी अब ब्लूमबर्गको सबैभन्दा धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् । उनी एसिया दोस्रो धनी व्यक्ति हुन् । उनको कुल नेट वर्थ (मुकेश अम्बानी नेट वर्थ) ४ ढढ बिलियन अनुमान गरिएको छ । यो वर्ष अहिलेसम्म अम्बानीको कुल सम्पत्ति ९.०३ अर्ब डलरले बढेको छ ।

एसियाका दुई ठूला धनी मुकेश अम्बानी र गौतम अडानी दुवैका लागि आर्थिक वर्ष २०२१–२०२२ निकै शानदार रह्यो ।  गौतम अडानीको कुल सम्पत्ति ६९.७० प्रतिशतले बढेको छ भने मुकेश अम्बानीको कुल सम्पत्ति २०.६७ प्रतिशतले बढेको छ । २०२२ मा, अडानीले प्रति दिन लगभग ७५६ करोड रुपैयाँ कमाएको थियो । अम्बानीले हरेक दिन करिब ३७८ करोड रुपैयाँ थपेका छन् ।

प्रतिक्रिया दिनुहोस