
सरकारले कैलालीको अत्तरियामा रहेको तरकारी तथा फलफूलको विषादी जाँच गर्नका लागि पठाएका कर्मचारी अहिलेसम्म पुगेका छैनन् ।
एकजना प्राविधिक पठाएको पत्र पुगेको हप्ता दिन भइसक्दा कर्मचारी भने नपुगेका विषादी अवशेष द्रुत विश्लेषण इकाइ अत्तरियाका प्राविधिक अधिकृत जितबहादुर थापाले बताए ।
‘सरकारले एक जना प्राविधिक पठाएको पत्र पुगेको छ तर कर्मचारी भने पुगेका छैनन’, प्राविधिक अधिकृत थापाले भने,‘ विषादी परीक्षण गर्ने एउटा मेसिन भएको र त्यसमा पारमेट र अग्रानिक फास्फेट परीक्षण गरिने छ।’
अत्तरियाको थोक तरकारी बजारका लागि मात्रै भनेर स्थापना भएको विषादी परीक्षण प्रयोगशालामा अहिले भारतबाट आयात हुने तरकारी र फलफूल पनि चेकजाँच गरिदै आएको छ। थापाले भन्सारले सिल गरे प्रयोगशालामा पठाएपछि चेकजाँच गर्ने गरिएको बताए। यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस