aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

१२ वर्षमा बिहे, १३ मा आमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
१२ वर्षमा बिहे, १३ मा आमा

चन्दनिया देवी सदा १६ वर्षकी भइन् । उनको विवाह तीन वर्षअघि भएको थियो । अहिले काखमा छोरो छ भने गर्भमा अर्को बच्चा ।

शारीरिक रूपमा कमजोर देखिएकी चन्दनियालाई ढेडवर्षे छोरो सम्हाल्न गा-हो । गर्भको बच्चा सात महिना पुगिसकेको छ ।

चन्दनियालाई परिवार नियोजनका साधनबारे जानकारी छैन । यसबारे सोध्दा उनी लजाउँछिन् मात्र ।

महोत्तरी मनरा सिसवा नगरपालिका(१० मधवा टोलका मुसहरी बस्तीमा अधिकांश छोरीको बिहे १० देखि १२ वर्षकै उमेरमा हुन्छ । बिहे भएको एकदुई वर्षमै आमा बनेपछि उनीहरू शारीरिक रूपमा कमजोर हुन्छन् । सन्तान पनि कुपोषित छन् ।

सोमित्रादेवी सदाले दुई वर्षअघि बुहारी भित्र्याइन् । छोरा रामबाबु सदाको उमेर १६ वर्षको थियो । बुहारी इन्दिरा १२ वर्षकी थिइन् ।  इन्दिराले छोरी जन्माइसकेकी छन् ।

सुमित्राले खुसी हुँदै भनिन्, ‘आब एगो पोताके रस्ता देखैछियै (अब एउटा नातिको बाटो कुर्दै छु) ।’ यो समाचार आजको अन्नपूर्ण दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस