aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० चैत्र २०७८
चौध सांसदविरूद्धको मुद्दाको सुनुवाइ चैत २७ मा

काठमाडौं । सर्वोच्च अदालतमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध दायर गरेको रिट निवेदनको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । 

न्यायाधीशहरू अनिल सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा पेसी तोकिएको भए पनि न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि मुद्दाको सुनुवाइ सरेको हो । 

यसअघि सांसद सोमप्रसाद पाण्डेको मुद्दामा आफूले अन्तरिम आदेश जारी गरेको र एकीकृत समाजवादीको पार्टीबारे धारणा दिएकाले थप सुनुवाइमा नबस्ने निर्णय न्यायाधीश सुवेदीले गरेपछि आज सुनुवाइ हुन नसकेको हो । 

प्रतिक्रिया दिनुहोस