aarthiknews.com बुधबार, ११ असार २०८२   Wednesday, 25 June, 2025
 

प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २० चैत्र २०७८
प्रधानमन्त्री देउवा स्वदेश फिर्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा छिमेकी मुलुक भारतको तीन दिवसीय औपचारिक भ्रमण पूरा गरी आज स्वदेश र्फेका छन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उनलाई सभामुख अग्निप्रसाद सापकोटा र गृहमन्त्री बालकृष्ण खाँणले स्वागत अभिवादन गरेका थिए । सो अवसरमा प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
 
प्रधानमन्त्री देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणमा गत शुक्रबार भारत भ्रमणमा गएका थिए । उनको भारत भ्रमणका क्रममा जनकपुर, जयनगर–कुर्था रेल सुभारम्भ तथा नेपाल–भारत ऊर्जा उत्पादन, विकास र विस्तारलगायत महत्वपूर्ण सम्झौता भएका थिए । 

प्रतिक्रिया दिनुहोस