aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

जुम मिटिङमै ७८६ कर्मचारी निकाल्ने बेलायती कम्पनी छानविनमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ चैत्र २०७८
जुम मिटिङमै ७८६ कर्मचारी निकाल्ने बेलायती कम्पनी छानविनमा

एजेन्सी । जुम कलमा ७८६ कर्मचारीलाई बर्खास्त गर्ने बेलायती शिपिंग कम्पनी पी एन्ड ओ फेरिज फेरि समस्यामा परेको छ । कम्पनीको काम कारबाहीबारे अनुसन्धान सुरु भएको छ । ‘द गार्डियन’को रिपोर्ट अनुसार कम्पनीविरुद्ध फौजदारी र नागरिक अनुसन्धान सुरु भएको हो । कम्पनीले बिना सूचना वा परामर्श बिना ७ सय ८६ कर्मचारीलाई बर्खास्त गरेको थियो ।

अनुसन्धानमा भनिएको छ, “सरकारको अनुरोधमा छानबिनपछि हामीले अनावश्यक फेला पारेपछि औपचारिक रूपमा फौजदारी र नागरिक अनुसन्धान सुरु गरेका छौं ।’’ शिपिंग कम्पनीले मार्च १७ मा आफ्ना कर्मचारीहरूलाई भिडियो सन्देश पठाएको थियो । यस सन्देशमा कम्पनीले लेखेको थियो, ‘अब थर्ड पार्टी क्रु प्रदायकको सहयोगमा सञ्चालन गर्ने जनाएको छ । तसर्थ  सबैको सेवा (नोकरी) तत्काल प्रभावबाट खारेज गरिएको छ । आज तपाईको कामको अन्तिम दिन हो ।’
 

प्रतिक्रिया दिनुहोस