aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

मन्त्रालयले विदेश पढ्न जान नपाएका विद्यार्थीको सूची माग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ चैत्र २०७८
मन्त्रालयले विदेश पढ्न जान नपाएका विद्यार्थीको सूची माग्यो

काठमाडौं । वितग २ वर्षदेखि नेपालबाट विदेशमा पढ्न जान नपाएका विद्यार्थीको सूची शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले मागेको छ ।  कोभिड–१९ महामारीको अवधिमा नेपाल फर्किआएका र बन्दाबन्दीको कारणले अध्ययन गर्न जान नपाएको विद्यार्थीहरुले चैत २५ गतेभित्र निवेदन दिन भनेको हो । 

मन्त्रालयले जारी गरेको सूचनामा चीन लगायतका देशहरूमा उच्च शिक्षाका विभिन्न शैक्षिक कार्यक्रमहरूमा अध्ययनरत नेपाली विद्यार्थीहरूको बारेमा विस्तृत विवरण माग गरेको छ । मन्त्रालयको सूचना पाटी वा वेबसाइटमा राखिएको निवेदन ढाँचा अनुसार विवरण खुलाई मन्त्रालयको प्राविधिक शिक्षा शाखाको इमेलमा निवेदन गर्न अनुरोध गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस