aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

श्रीलंकामा सरकारप्रति आक्रोश बढ्दै, कर्फ्यूको अवज्ञ गर्दै नागरिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ चैत्र २०७८
श्रीलंकामा सरकारप्रति आक्रोश बढ्दै, कर्फ्यूको अवज्ञ गर्दै नागरिक

एजेन्सी । श्रीलंकामा सरकारप्रति आक्रोशित जनताले हिंसात्मक प्रदर्शन गरेका छन् । प्रदर्शन नियन्त्रण बाहिर हुँदैछन्। अहिले जनतामा आपतकाल र कर्फ्युको डर छैन । आन्दोलनका क्रममा पक्राउ परेका ५४ जनाको उद्धार गर्न ६ सय वकिल अदालत पुगेका थिए । अदालतले ४८ जनालाई रिहा गर्नुपरेको थियो । यसैबीच राष्ट्रपति गोताबाया राजापाक्षे अहिले विपक्षीलाई सरकारसँग हात मिलाएर देशलाई यो संकटबाट बाहिर निकाल्न आग्रह गरिरहेका देखिन्छन् ।

श्रीलंकाको अवस्था यतिबेला निकै तनावपूर्ण छ । अब के हुन्छ कसैलाई थाहा छैन । मुलुक आर्थिक, राजनीतिक र सामाजिक रूपमा पूर्ण रूपमा अस्थिर बनेको छ ।

एक साताभन्दा बढी समयदेखि जनताले सरकारविरुद्ध आन्दोलन गरिरहेका छन् । सुरुमा उनीहरुले मौन प्रदर्शन गर्न थाले । पोस्टर ब्यानर बोकेर चुपचाप उभिएर राष्ट्रपतिलाई राजीनामा दिन माग गरेका थिए । तर, उनीहरुको माग सुनुवाइ भएन ।

यही कारणले गर्दा अहिले बिस्तारै आन्दोलन आक्रामक बन्दै गएको छ । अप्रिल १ मा राष्ट्रपतिको घर नजिकै हिंसात्मक प्रदर्शन भएको थियो । प्रदर्शनकारी र सुरक्षामा खटिएको विशेष कार्यदलबीच पनि झडप भएको थियो ।

वकिलले आन्दोलनकारीलाई कानुनी सहयोग गर्ने बताए
यहाँ चीजहरू धेरै तनावपूर्ण भयो। ढुंगामुढा र सवारी साधनमा आगजनी भएको थियो । हिंसामा पाँच पत्रकार र कैयौं प्रदर्शनकारी घाइते भएका छन् । यहाँबाट प्रहरीले ५४ प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।

प्रहरीले ती आन्दोलनकारीविरुद्ध पीटीए (आतंकवाद नियन्त्रण ऐन) अन्तर्गत मुद्दा दर्ता गर्न चाहेको थियो तर ६ सयभन्दा बढी वकिलले अदालत पुगेर पक्राउ परेकाहरुको अधिकारको संरक्षण गर्न माग गरेका थिए ।

मजिस्ट्रेटले ६ जना बाहेक पक्राउ परेका ५४ जनालाई रिहा गरेको छ । वकिलहरुले एकजुट भएर आन्दोलन गर्न चाहेमा कानुनी सहयोग गर्न तयार रहेको सन्देश दिएका छन् ।

श्रीलंकामा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गर्दै संकटकाल लगाएका छन् । सामाजिक सञ्जालमा प्रतिबन्ध छ, कर्फ्यू पनि जारी छ । यति हुँदाहुँदै पनि जनता सडकमा निस्किरहेका छन् । अर्थात् आपतकाल र कर्फ्यू प्रभावहीन भएको छ । यो सरकार नजानेसम्म जनताले आन्दोलन जारी राख्ने पनि यसले देखाउँछ ।

यसैबीच श्रीलंकाका प्रधानमन्त्री बाहेक सबै मन्त्रिपरिषद्ले राजीनामा दिएका छन् । राष्ट्रपतिले विपक्षी दललाई सरकारमा सहभागी भई साझा सरकार गठन गर्न आह्वान गर्नुभएको छ । उनले यो संकटबाट एकताले मात्रै बाहिर निस्कन सकिने बताए ।

आन्दोलनकारीहरु कुनै पनि राजनीतिक दलमा आबद्ध छैनन् र राजनीतिक नारा पनि लगाएका छैनन् । उनीहरुको एउटै नारा छ– गोटबाया घर जाओ । सरकारले सबै शक्तिका साथ प्रदर्शनलाई दबाउन खोजिरहेको छ । मानिसहरू पक्राउ परेका छन्। आन्दोलनकारीलाई कुटपिट भइरहेको छ ।

सरकारले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएपछि युवाहरुमा आक्रोश झनै बढ्दै गएको छ । सरकारले जति कडाई गर्दैछ, त्यति नै जनतामा आक्रोश बढ्दै गएको छ ।  #GoHomeGota  ह्यासट्याग प्रचलनमा छ । सामाजिक सञ्जाल प्रतिबन्धको बाबजुद पनि मानिसहरु अनलाइन भएर विभिन्न तरिकाले बोलिरहेका छन् ।

अहिले विश्वभर रहेका श्रीलंकाली नागरिक पनि यो अभियानमा सहभागी हुन थालेका छन् । उनीहरुले श्रीलंकाका जनतालाई समर्थन गर्दै विरोध प्रदर्शन गरिरहेका छन् । यस्तो अवस्थामा विश्वभर गोटबायाको राजिनामाको माग बढ्दै गएको छ ।

प्रतिक्रिया दिनुहोस