
एजेन्सी । विश्वभरी विद्युतीय सवारी साधनको बिक्री बढ्दै गएको छ । सार्वजनिक यातायातमा पनि विद्युतीय बसको लोकप्रियता बढेको छ । यी सबैको बीचमा अब भारतमा विद्युतीय ट्रक बन्न लागेको खबर बाहिर आएको छ । अमेरिका निवासी भारतका गुजरात निवासी हिमांशु पटेलको कम्पनी ट्राइटनले गुजरातमा देशको पहिलो ई–ट्रक बनाउने भएको छ । यसका लागि कम्पनीले गुजरात सरकारसँग सम्झौता पनि गरेका छन ।
पटेलले यो ट्रकमा प्रयोग हुने सबै पार्टपुर्जा पूर्णरुपमा भारतमा र भारतीय कम्पनीले उत्पादन गर्ने बताए । कम्पनीहरूले ट्रकहरूको लागि पूर्ण इकोसिस्टम सिर्जना गर्ने जनाएको छ । ब्याट्री, सर्किट, सेमीकन्डक्टर र कम्पोनेन्टहरू लगायतका कम्पोनेन्टहरू निर्माण गर्ने ९ कम्पनीहरूसँग पनि साझेदारी गरेका उनले बताएका छन ।
यसमा अनुमानित लागत २५००–३००० करोड रुपैयाँ भारु रहेको जनाइको छ । यसबाहेक हामीसँग जोडिने अन्य कम्पनीहरूले पनि रु ८०००–९००० करोड रुपैयाँ भारु लगानी गर्ने योजना समेत रहेको छ । यसरी यो परियोजनामा १२,००० करोडको लगानी हुनेछ । यो परियोजनाले प्लान्टमा २,००० भन्दा बढी र अन्य कम्पनीमा करिब ३,००० जनालाई रोजगारी समेत दिने जनाएको छ । कम्पनीले भारतभर करिब २ लाख चार्ज प्वाइन्टको नेटवर्क पनि निर्माण गर्नेछ । भास्कर दैनिक
प्रतिक्रिया दिनुहोस