aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

नेपालमा फूलको व्यापार : आयात बढ्दो निर्यात घट्दो

  • आजको आर्थिक अभियान दैनिकबाट
    आजको आर्थिक अभियान दैनिकबाट
  • बुधबार, २३ चैत्र २०७८
नेपालमा फूलको व्यापार : आयात बढ्दो निर्यात घट्दो

काठमाडौं । उत्पादनमा करीब ९० प्रतिशत आत्मनिर्भर भएको भनिएको फूलको आयात पछिल्ला वर्षमा ह्वात्तै बढेको पाइएको छ । निर्यात क्रमशस् घट्दै गएको तथ्यांकले देखाउँछ ।

फ्लोरिकल्चर एशोसिएशन नेपालका अनुसार आर्थिक वर्ष (आव) २०७७/७८ मा मुलुकमा ३८ करोड ५३ लाख रुपैयाँ बराबरको फूल आयात भएको छ ।
निर्यात ४८ लाख रुपैयाँमा सीमित छ । कोरोना महामारीको प्रभावसँगै पुष्प व्यवसायमा लगानी घट्दा निर्यात खस्केको व्यवसायी बताउँछन् ।

आव २०७३/७४ मा फूल आयात ११ करोड ३६ लाख र निर्यात ३ करोड ६५ लाख रुपैयाँ बराबर थियो । त्यसपछि आयात क्रमशस् बढ्दै र निर्यात खुम्चिँदै गएको देखिन्छ । चालू आवको ८ महीना (साउन–फागुन) को तथ्यांक हेर्दा १७ करोड ८४ लाख ६९ हजार रुपैयाँ बराबरको पुष्प तथा पुष्पजन्य वस्तु आयात भएको देखिन्छ । उक्त अवधिमा ३३ लाख ७८ हजार रुपैयाँ बराबरको निर्यात भएको छ ।

एशोसिएशनका अध्यक्ष मीनबहादुर तामाङ पछिल्ला वर्ष निर्यात घट्दै जानुमा पुष्प व्यवसायीले निर्यातयोग्य फूल उत्पादन गर्न नसक्नु र कोरोना महामारीको प्रभावलाई कारण मान्छन् । ९र१० वर्षअघि नेपालले अमेरिका, अस्ट्रेलियालगायत यूरोपेली मुलुकमा वार्षिक १९ करोड रुपैयाँसम्मको फूल निर्यात गरेको उनले बताए । पछिल्ला वर्ष पुष्प व्यवसायमा ठूलो मात्रामा लगानी हुन नसक्दा अन्तरराष्ट्रिय स्तरमा माग हुने फूल उत्पादन गर्न नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस