
एजेन्सी । विश्वभरी नै पेट्रोल र डिजेलको बढ्दो मूल्य बढेको छ । अन्तर्राष्ट्रियस्तरमा नै तेलको मूल्य बढेको कारणले नेपालमा पनि मूल्य बढेको छ। अप्रिल २०२१ देखि मार्च २०२२ सम्ममा अमेरिकामा ५१ प्रतिशत, क्यानडामा ५२ प्रतिशत, जर्मनीमा ५५ प्रतिशत, बेलायतमा ५५ प्रतिशत, फ्रान्समा ५० प्रतिशत र स्पेनमा ५८ प्रतिशतले पेट्रोलको मूल्य बढेको उनले बताए । भारतमा ५ प्रतिशतले वृद्धि भएको छ ।
गत १५ दिनमा भारतमा पेट्रोल र डिजेलको मूल्य १३ पटक बढेको छ । यो अवधिमा पेट्रोल ९ रुपैयाँ २० पैसा महँगो भएको छ । त्यस्तै, भारतमा पेट्रोलको मूल्य प्रतिलिटर १२० रुपैयाँ भारु नाघेको छ । पाकिस्तानमा पेट्रोलमा झण्डै ६२.५३ रुपैयाँ भारु प्रतिलिटर मूल्यमा बिक्री भइरहेको छ । अर्कोतर्फ श्रीलंकामा प्रतिलिटर ७५.५३ रुपैयाँ भारुमा विक्री भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस