aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

श्रीलङ्काका सङ्कटकाल खारेज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ चैत्र २०७८
श्रीलङ्काका सङ्कटकाल खारेज

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले देशभरी लगाइएको सङ्कटकाल खारेज गरेका छन् । यही अप्रिल ५ को मध्यरातदेखि लागू हुनेगरि सङ्कटकाल हटाउने निर्णय भएको अधिकारीहरूले मङ्गलबार जानकारी दिएका छन् ।

आन्दोलनमा उत्रिएका नागरिकले राष्ट्रपति निवास घेराउ गर्दै नारावाजी गरेपछि सरकारले देशव्यापी सङ्कटकालको घोषणा गरेको थियो । “सार्वजनिक सुरक्षालाई ध्यान दिँदै लागू गरिएको सङ्कटकाल हटाउने निर्णय भएको छ,” राष्ट्रपति राजापाक्षेले भनेका छन् । 

आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्कामा सरकारका कारण सङ्कट उत्पन्न भएको भन्दै सुरु भएको आन्दोलन अझै पनि जारी छ । प्रशासनिक सङ्कटकाल खारेज गरिएपनि स्वास्थ्य सङ्कटकाल भने कायमै रहेको अधिकारीहरूले जनाएका छन् । देशभरी औषधीको अभाव भएको, थप ल्याउन नसकिएको र स्वास्थ्य सेवा प्रवाहमा पनि समस्या भएकाले स्वास्थ्य सङ्कटकाल लगाउनु परेको सरकारी अधिकारीहरूको भनाई छ । एएनआई 

प्रतिक्रिया दिनुहोस