aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ चैत्र २०७८
दक्षिण एसियाली मुलुकको आर्थिक वृद्धिदर ७ प्रतिशत रहने

एजेन्सी । एसियाली विकास बैंक (एडीबी) ले सन् २०२२ मा दक्षिण एसियाली मुलुकको वृद्धिदर ७ प्रतिशत रहने अनुमान गरेको छ । यो २०२३  मा ७.४ प्रतशित पुग्ने अपेक्षा गरिएको छ । एडीबीका अनुसार एसियाली मुलुकमा आन्तरिक मागमा सुधार आएको र निर्यात निरन्तर बढिरहेको छ ।

भारतको वृद्धिदर ७.५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । एडीबीले आफ्नो पछिल्लो आउटलुकमा आर्थिक वर्ष २०२२–२३ मा आर्थिक वृद्धिदर ७.५ प्रतिशत हुने जनाएको छ । एकै समयमा, २०२३/२४ मा वृद्धि दर आठ प्रतिशत पुग्न सक्छ ।

एसियाली विकास बैंकको २०२२ को परिप्रेक्ष्यमा पूर्वाधारमा सार्वजनिक लगानी बढेको र निजी लगानीमा आएको वृद्धिका कारण आगामी वर्षहरूमा वृद्धिदर बढ्ने बताएको छ । कोविड खोपको गति बढेको आउटलुकमा भनिएको छ । बढ्दो खोपका कारण, कोरोनाको नयाँ संस्करणको सीमित प्रभाव मात्र रहनेछ । तर, युक्रेनमा रुसको आक्रमणको प्रभाव भने देखिनेछ । 

अन्तर्राष्ट्रिय बजारमा तेललगायत अन्य वस्तुको मूल्यवृद्धिले मुद्रास्फीति प्रभावित हुनेछ । यसले विश्वभर मुद्रास्फीति बढाउन सक्छ । यसलाई हेर्दा यो वर्ष अर्थात २०२२ मा विकासशील एसियाली राष्ट्रहरूको अर्थतन्त्र ५.२ प्रतिशतको दरले वृद्धि हुनेछ । यो वृद्धि दर सन् २०२३ मा ५.३ प्रतिशत हुने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस