aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतले रुसप्रति तटस्थको अडान नछोडेपछि अमेरिकाले दियो यस्तो चेतावनी

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
भारतले रुसप्रति तटस्थको अडान नछोडेपछि अमेरिकाले दियो यस्तो चेतावनी

एजेन्सी । रुसमाथि भारतको अडानबाट अमेरिकाले गहिरो निराशा व्याख्त गरेको छ । बारम्बार दबाबका बाबजुद भारतले रुसप्रति तटस्थ अडान परिवर्तन नगरेपछि अमेरिका अहिले धम्कीमा उत्रिएको छ । अमेरिकाले भारतले रुससँग गठबन्धन गरे ठूलो मूल्य चुकाउनु पर्ने बताएको छ ।

ब्लुमबर्गको रिपोर्टका अनुसार राष्ट्रपति जो बाइडेनका शीर्ष आर्थिक सल्लाहकार (ह्वाइट हाउस नेशनल इकोनोमिक काउन्सिलका निर्देशक) ब्रायन डीजले अमेरिकी प्रशासनले भारतलाई रुससँग गठबन्धन नगर्न चेतावनी दिएको बताएका छन्। उनले युक्रेन र रुस युद्धमा भारतको केही प्रतिक्रियाबाट अमेरिका निराश भएको बताए ।

उनले बुधबार अन्तर्राष्ट्रिय समाचार वेबसाइट क्रिस्चियन साइन्स मनिटरले आयोजना गरेको एक कार्यक्रममा पत्रकारहरूसँग भने, ‘युद्धको सन्दर्भमा धेरैलाई अमेरिकाले भारतले रुससँगको रणनीतिक साझेदारीलाई अझ बढाएमा भारतले यसको असर बेहोर्नुपर्ने बताएको छ । 

युक्रेनमा रुसको आक्रमणलाई लिएर अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र जापानले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । युक्रेनमा रुसको आक्रमणलाई लिएर अमेरिका, युरोपेली देश, अस्ट्रेलिया र जापानले रुसमाथि कडा आर्थिक प्रतिबन्ध लगाएका छन् । योसँगै भारतले रुसी आक्रमण पनि गरेको छैन । भारतले संयुक्त राष्ट्रसंघमा रुसी आक्रमणको निन्दा गर्ने प्रस्तावमा मतदानबाट पनि आफूलाई टाढा राखेको छ ।

भारतले हिंसा तत्काल अन्त्य हुनुपर्छ र दुवै पक्षले कूटनीतिक माध्यमबाट मतभेद समाधान गर्नुपर्छ भन्ने निरन्तरता राख्दै आएको छ। भारतले युक्रेनमा मानवीय सहायता पनि पठाएको छ । योसँगै रुसले भारतलाई सहुलियत दरमा इन्धन तेल उपलब्ध गराउँदै आएको छ, जुन भारत लिन तयार छ । भारतले पनि पहिले रुसबाट तेल आयात गरेको थियो ।
 

प्रतिक्रिया दिनुहोस