aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

बेलायतका अर्थमन्त्रीको पत्नीको कर विवादबारे वास्तविकता के हो ?

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २४ चैत्र २०७८
बेलायतका अर्थमन्त्रीको पत्नीको कर विवादबारे वास्तविकता के हो ?

एजेन्सी । बेलायतका अर्थमन्त्री ऋषि सुनककी पत्नी अक्षता मूर्तिले बेलायतमा कर विषयमा आफ्नो हैसियत स्थानीय बासिन्दाको जस्तो नरहेको बताएकी छन् । यस स्थितिको अर्थ अक्षता मूर्तिले बेलायत बाहिर कमाएको सम्पत्तिमा बेलायतमा आयकर तिर्नु पर्दैन भन्ने हो । 

मूर्तिका प्रवक्ताले  भनेका छन्,  ‘बेलायतमा कानुनी रूपमा जति कर तिर्न आवश्यक छ, उनीहरूले तिर्छन् ।’ यसअघि बेलायतको मुख्य विपक्षी दल लेबरले सुनकको परिवारले बेलायतमा कर कटौती योजनाबाट फाइदा उठाइरहेको कुराले स्तब्ध भएको बताएको थियो ।

लेभर पाटीका छायाँ अर्थमन्त्री ट्युलिप सिद्दिकले अर्थमन्त्री ऋषि सुनकलाई भने, “उनीहरूले बेलायतका लाखौं जनतालाई कर तिरिरहेका बेला उनीहरू र उनीहरूको परिवारले आफ्नो कर बिलमा कति बचत गरेका छन् ।’’

यो खबर बेलायतमा नेशनल इन्स्योरेन्सको मूल्यवृद्धि लागू भएको बेला आएको हो । राष्ट्रिय बीमामा बृद्धि भएमा ३९ अर्ब पाउण्ड रकम स्वास्थ्य तथा सामाजिक सेवामा खर्च हुने सरकारको दाबी छ ।

यस समाचारको प्रतिक्रिया दिँदै अक्षता मूर्तिका प्रवक्ताले भने, ‘करको विषयमा मूर्तिलाई ’ब्रिटिश कानूनले गैर–स्थानीय (गैर स्थानीय) मानेको छ ।’ उनीहरूले बेलायतमा आफ्नो कमाईमा धेरै कर लगाएका छन् र भविष्यमा पनि जारी राख्नेछन्,“ प्रवक्ताले भने ।

मूर्तिले आफ्नो विदेशमा कमाएको सम्पत्तिमा बेलायत बाहिर कर तिर्दैनन् । अक्षता मूर्ति भारतका प्रसिद्ध उद्योगपति र इन्फोसिस कम्पनीका संस्थापक एनआर नारायण मूर्तिकी छोरी हुन् । उनी पेशाले फेसन डिजाइनर हुन् र उनको जन्म सन् १९८० मा भारतमा भएको थियो । उनीसँग भारतीय मुलुसकी हुन छ । उनीसँग भारतीय राहदानी समेत रहेको छ । 

इन्फोसिसमा अक्षता मूर्तिको एक प्रतिशत शेयर रहेको बताइएको छ । यो एक प्रतिशत ५० करोड पाउण्ड बराबर हो । उनले बेलायतका धेरै कम्पनीमा लगानी गरेका छन् । मूर्तिका प्रवक्ताले भने, “अक्षता मूर्ति भारतीय नागरिक हुन् । भारत उनको जन्मस्थल हो र उनका आमाबुवा त्यहाँ बस्छन ्। भारतमा दोहोरो नागरिकताको अधिकार छैन ।’’

यदि बेलायतमा बस्ने कुनै व्यक्तिले ‘गैर–आवासीय’ स्थिति प्राप्त गर्न चाहन्छ भने, ‘उसले राजस्व र भन्सार (एचएमआरसी) लाई बताउनुपर्छ ।’ एक आधिकारिक प्रवक्ताले थप टिप्पणी गर्न अस्वीकार गरे, उनले कसैको व्यक्तिगत कर स्थितिमा टिप्पणी नगर्ने बताए । ऋषि सुनकले सन् २०१८ मा पहिलो पटक मन्त्री भएपछि आफ्नी श्रीमतीको कर अवस्थाबारे मन्त्रिपरिषद्को कार्यालयलाई जानकारी गराएको बताइएको छ । बीबीसी

प्रतिक्रिया दिनुहोस