aarthiknews.com शनिबार, २३ जेठ २०८३   Saturday, 06 June, 2026
 

नख्खुमा कैदीबीच हानाहान हुँदा, एकको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
नख्खुमा कैदीबीच हानाहान हुँदा, एकको मृत्यु

ललितपुर । ललितपुरको नख्खुस्थित कारागारमा दुई कैदीबीच हानाहान हुँदा कैदी बर्दियाका पूर्णबहादुर राजीको मृत्यु भएको छ । शुक्रबार दिउँसो जेलमा कर्तव्य ज्यान मुद्दामा सजाय काटिरहेका बर्दियाका पूर्णबहादुर राजी र सर्लाहीका पवनकुमार महतोबीच झगडा परेको थियो ।

सोही क्रममा सर्लाहीका पवनकुमार महतोले भुइँमा विच्छ्याइएको ब्लकले प्रहार गर्दा राजीको मृत्यु भएको जनाइएकाे छ । ब्लकले प्रहार गर्दा घाइते भएका राजीलाई वीर हस्पिटलमा भर्ना गरिएको थियो । अस्पताल पुर्‍याउन नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुई जनाबीच जेलभित्रै झगडा भएको र सोही क्रममा ढुंगा प्रहार गरेका कारण राजीको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस