aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पाकिस्तानमा राजनीतिकसँगै आर्थिक संकट गहिरिदै, मुद्राको अवमूल्यन अहिलेसम्मकै उच्च

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
पाकिस्तानमा राजनीतिकसँगै आर्थिक संकट गहिरिदै, मुद्राको अवमूल्यन अहिलेसम्मकै उच्च

एजेन्सी । पाकिस्तानमा जारी राजनीतिक संकटकाबीच त्यहाको रुपिँयाको भाउमा ऐतिहासिक रुपमा गिरावट आएको छ । बिहीबार इन्ट्राडेमा पाकिस्तानी रुपिँया डलरको तुलनामा १८९ रुपिँयाको कीर्तिमानी स्तरमा पुगेको छ । रु २.०५ वा १.०९ प्रतिशतले घटेर रु १८८.१८ मा बन्द भएको छ । बुधबार पाकिस्तानी रुपिँया १८६.१३ मा बन्द भएको थियो ।

पाकिस्तानी रुपिँया महिनौंदेखि अवमूल्यन भइरहेको थियो । तर मार्चमा विपक्षी दलहरूले प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेश गरे र सरकारले राष्ट्रिय सभा भंग गरेपछि गिरावट झन तीव्र भयो । ४ दिनको सुनुवाइपछि सर्वोच्च अदालतले बिहीबार भनेको छ– अविश्वासको प्रस्ताव खारेज गरी सभा विघटन गर्नु गैरकानुनी हो । अब संसद बैठक वैशाख ९ गते बोलाइएको छ । अविश्वासको प्रस्तावमा मतदान हुनेछ ।

मुद्रा ४ मार्च देखि १० प्रतशितले घटेको छ । पाकिस्तानी रुपिँया विगत १७ दिनमा १६ दिनसम्म गिरावटसँगै बन्द भएको छ । यो फ्ल्याट २४ मार्चमा मात्र बन्द भएको थियो । यो मे २०२१ को रेकर्ड उच्च (रु १५२.२७) को स्तरबाट २३.५८ प्रतिशतले कमजोर भएको छ । त्यसैगरी, मार्च यता सञ्चिति १६ अर्ब डलरबाट १२ अर्ब डलरमा झरेको छ । आर्थिक वर्ष २०२१–२२ को नौ महिनामा घाटा ७० प्रतिशत पुगेको छ ।

पूर्व अर्थमन्त्री डा. हाफिज पाशाले पाकिस्तानको मुद्रा आर्थिक र राजनीतिक दोहोरो दबाबमा रहेको बताएका छन । अनिश्चित राजनीतिक अवस्था, बढ्दो चालु खाता घाटा र घट्दै गएको विदेशी मुद्रा सञ्चिति नै रुपिँयाको यो गिरावटको कारण हो । आगामी चार–पाँच महिनाका लागि पाकिस्तानलाई १३ अर्ब डलरको आवश्यकता भए पनि मुलुकमा जारी राजनीतिक र आर्थिक सङ्कटका कारण यो माग पूरा गर्न कठिन भएको पाशाले बताए ।

पाकिस्तानको कमजोर मुद्रा र कम सञ्चितिले आयातकर्ताको समस्या बढाएको छ । आयातकर्ताहरूले भुक्तानी गर्न डलरको व्यवस्था गर्न सक्षम छैनन् । पाशाले भने, ‘बढ्दो आयातलाई नियन्त्रण गर्न सक्यौं भने असार ३० गते सकिँदै गरेको चालु आर्थिक वर्ष २०२१–२२ मा डलरको तुलनामा रुपैयाँ २०० रुपिँया नजिक जान सक्छ । यदि त्यसो हुन सकेन र राजनीतिक संकट गहिरिँदै गयो भने समस्या झन झन बढ्छ ।
 

प्रतिक्रिया दिनुहोस