
काठमाडौं । सरकारले हेटौडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धकमा बसन्तकुमार पाण्डेलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही चैत २४ गते बसेको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो जानकारी दिएका हुन् ।
त्यस्तै, बैठकले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सुनिल पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले बूढीगण्डकी जलविद्युत् आयोजनासम्बन्धी नेपाल सरकार (मन्त्रिपरिषद्)को २०७५ असोज ५ गतेको निर्णय खारेज गरेको छ ।
यी हुन् मन्त्रीपरिषद्का अन्य निर्णयहरु
प्रतिक्रिया दिनुहोस