aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

पाकिस्तानाका प्रधानमन्त्रीको राजीनामा आउन सक्ने, आज राती सम्बोधन आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ चैत्र २०७८
पाकिस्तानाका प्रधानमन्त्रीको राजीनामा आउन सक्ने, आज राती सम्बोधन आउने

एजेन्सी । पाकिस्तानको राजनीतिक समितिले प्रधानमन्त्री इमरान खानलाई सामूहिक राजीनामाको प्रस्ताव गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकपछि एक समाचार च्यानलसँग कुरा गर्दै इमरान खानले पाकिस्तानी जनताको साथमा रहेको बताएका छन् । आफ्नो कार्यकालमा विश्वमा देशको छवि सुधारिएको बताएका छन् । जनताको हितका लागि राजनीति गरेको बताएका छन । इमरान खानले आज राति १० बजे पाकिस्तानी जनतालाई सम्बोधन गर्ने बताइएको छ ।

न्युज च्यानलसँग कुरा गर्दै इमरानले आफू एउटा उद्देश्य लिएर राजनीतिमा आएको बताए । उनले भने,‘जनताको सेवा गर्यौं । जनता पनि हामीसँगै छन् ।’ विश्वमा पाकिस्तानको उदाहरण स्थापित भएको छ । उनले प्रधानमन्त्री देशका लागि पिता सरह भएको बताए ।

अर्कोतर्फ, अविश्वासको प्रस्तावबाट बच्न आज साँझ इमरान खानले प्रधानमन्त्री पदबाट राजीनामा दिन सक्ने दाबी गरिएको छ । यति मात्र होइन, उनको पार्टी इमरानसँग छ । पीटिआइका सबै सांसद र विधायक (राष्ट्रिय र प्रान्तीय सभाहरू सहित) को मतलब सम्पूर्ण पार्टीले राजीनामा दिनेछ । यससँगै पीटीआईको टिकटमा चुनाव जितेका तर पछि इमरानको पार्टी छाडेका विधायकहरुले पनि चुनावी घोषणा गरेका छन् । त्यस्ता विधायकहरूलाई पनि अयोग्य र पार्टीबाट निष्कासन गरिनेछ ।
 

प्रतिक्रिया दिनुहोस