
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान संसद्मा विश्वासको मत प्राप्त गर्न विफल भएपछि सत्ताबाट बाहिरिएका छन्। सर्वोच्च अदालतले सदर गरेको विपक्षीहरूद्वारा ल्याइएको अविश्वासको प्रस्तावमाथि आइतवार मध्यरातपछि मतदान गरिएको थियो।
खानले आफूले विपक्षीहरूको सरकारलाई मान्यता नदिने बताउँदै प्रमाण नदेखाई आफूलाई पदबाट हटाउन अमेरिकाको नेतृत्वमा षडयन्त्र भएको दाबी गरेका छन्। पाकिस्तानको संसद्ले सोमवार नयाँ प्रधानमन्त्री चयन गर्नेछ।नयाँ प्रधानमन्त्रीले अर्को चुनावको मिति अर्थात् सन् २०२३ को अक्टोबरसम्म सत्ता सम्हाल्नेछन्। सत्तारुढ दलका सदस्य वा सभामुख नरहेको अवस्थामा राष्ट्रिय सभाको बैठक सञ्चालन गर्ने जिम्मा पाएका आयाज सादिकले आइतवार ११ बजेभित्र उम्मेदवारी दर्ता गरिनुपर्ने बताएका छन्।
खान अविश्वासको प्रस्तावबाट सत्ताबाट हटाइएका पहिलो पाकिस्तानी प्रधानमन्त्री हुन्। बिहीवार सर्वोच्च अदालतले ६९ वर्षका खानले अविश्वासको प्रस्तावलाई अवरुद्ध तुल्याउँदै असंवैधानिक ढङ्गले संसद् विघटन गरेको ठहर गरेको थियो। बीबीसी
प्रतिक्रिया दिनुहोस