aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

युद्धग्रस्त युक्रेनको अर्थतन्त्र ४५ प्रतिशतले खुम्चिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २८ चैत्र २०७८
युद्धग्रस्त युक्रेनको अर्थतन्त्र ४५ प्रतिशतले खुम्चिने

काठमाडौं । युद्धका कारण यो वर्ष युक्रेनको अर्थतन्त्र करिब ४५ प्रतिशतले सङ्कुचित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ। उक्त कठिनाइमा परेका मानिसलाई राहत दिन ठूलो परिमाणमा वित्तीय सहयोग तत्काल खाँचो भएको पनि विश् बैंकले बताएको छ।

विश्व बैंकले युक्रेनलाई १ अर्ब डलरको सहयोग दिइसकेको छ भने आगामी महिनाहरूमा थप २ अर्ब डलर दिने बताएको छ। युक्रेनको अधिकांश काम गर्ने समूहका मानिस या लड्न या त भाग्न बाध्य भएका छन्। त्यहाँ व्यापार व्यवसाय बन्द छन् । 

सडक, कारखाना अनि अन्य पूर्वाधार ध्वस्त भएका छन्। वर्षौँको प्रगति शून्यमा झरेका छन्। युक्रेनले विश्वभरि नै गहुँ र सूर्यमुखीको तेल निर्यात गर्थ्यो जुन अहिले ठप्प भएको छ। त्यसले विश्वभरिनै खाद्यान्नको मूल्यवृद्धि हुने बताइएको छ।

अभूतपूर्व स्तरमा अन्तर्राष्ट्रिय आर्थिक प्रतिबन्धहरू लगाइएका कारण रुसको अर्थतन्त्र ११ प्रतिशतले खुम्चने विश्व बैंकले बताएको छ। साथै बेलारुस, किर्गिज्स्तान, मोल्दोभा, र ताजिकिस्तानमा पनि आर्थिक मन्दी आउने उसले प्रक्षेपण गरेको छ। बीबीसी 

प्रतिक्रिया दिनुहोस