aarthiknews.com सोमबार, २० जेठ २०८२   Monday, 02 June, 2025
 

३५ केजी सुन काण्डमा मुछिएका ५ जनालाई सफाइ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, १७ साउन २०७६
३५ केजी सुन काण्डमा मुछिएका ५ जनालाई सफाइ

काठमाडौं ।  सर्वोच्च अदालदतले सुन तस्करीको अभियोग लागेका  पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी दिवेश लोहनी, एसपी विकासराज खनाल, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई सफाइ दिएको छ ।सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र सुस्मालता माथेमाको संयुक्त इजलासले उच्च अदालत विराटनगरकै फैसलालाई सदर गर्दै उनीहरूलाई सफाइ दिने आदेश गरेको हो ।

उच्च अदालतले विराटनगरले उनीहरुलाई साधारण तारेखमा छाड्ने आदेश गरेपछि उनीहरू नियमित रूपमा कामकाज गर्दै आइरहेका थिए । थियो । यो सँगै एसएसपी लोहनी, एसपी खनाल, डिएसपी केसी र सई सञ्जेल निर्दोष सावित भएका छन् । त्यस्तै सुन तस्करीमा मुछिएका महाविरप्रसाद गोल्यानलाई भने १० लाख धरौटीमा माग गरी रिहा गर्न आदेश दिइएको छ। गोल्यानलाई उच्च अदालतले थुनामा पठाउन आदेश दिएको थियो ।

सुन तस्करी प्रकरणमा उच्च अदालत विराटनगरको आदेश सर्वोच्चले सदर गरेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र शुस्मलाता माथेमाको इजलासले शुक्रबार महावीर गोल्यानलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको छ । उच्च अदालतले उनलाई पूर्वक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

यो आदेशसँगै निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङ, छिरिङ वाङद्ने घले उर्फ डा. डेभिड थुनामा नै रहने भएका छन् । उच्च अदालतले सई बालकृष्ण सञ्जललाई साधारण तारेख छाडेको थियो भने विमल पोद्दार र राजेन्द्रकुमार शाक्य १० लाख धरौटीमा छुटेका थिए । उच्च अदालतको आदेश उपर २०७५ कात्तिक १२ गते पुनरावेदन गरिएको थियो । ६३ जनाविरुद्ध मुद्दा दायर भएपनि ३० जना फरार छन् ।

 

प्रतिक्रिया दिनुहोस