aarthiknews.com सोमबार, २७ जेठ २०८२   Monday, 09 June, 2025
 

पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
पाकिस्तानका १५५ सांसदद्वारा राजीनामा

इस्लामावाद ।  पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी ( पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन । 

नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् । जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताएका हुन । विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उनको भनाई छ । 

उनले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गरेका छन । आफूले विघटन गरेको संसद्लाई अदालतले ल्याइदिएपछि थप नैतिक सङ्कटमा पर्नु भएका नेता खानले विघटन गरेको संसद्‌मा फर्किनु उपयुक्त नहुने ठानेर राजीनामा दिएको बताइएको छ । 

उनको पार्टीका सबै सांसदहरुले राजीनामा दिएपछि बहुमतका साथ विपक्षी दलका नेता शेहबाज शरिफ पाकिस्तानको प्रधानमन्त्रीमा निर्वाचित भएका छन । उनले नयाँ मन्त्रिमण्डल बनाएर सरकारलाई प्रभावकारी तरिकाले सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । पाकिस्तानको नयाँ सरकारलाई राजनीतिक सङ्कटसँगै आर्थिक सङ्कट पनि सामना गर्नुपर्ने अवस्था रहेको छ । एएनआई

प्रतिक्रिया दिनुहोस