aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब पुग्यो

  • आजको कारोबार दैनिकबाट
    आजको कारोबार दैनिकबाट
  • मंगलबार, २९ चैत्र २०७८
सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब पुग्यो

काठमाडौं । चालू आर्थिक वर्षको चैत २८ गतेसम्म सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको छ। पछिल्लो एक वर्षको अवधिमा यस्तो ऋण ६.२० प्रतिशत अर्थात २ खर्ब ६५ अर्ब रुपैयाँ बढीले बढेको अर्थमन्त्री जनार्दन शर्माले बताए । हाल कुल सार्वजनिक ऋण १८ खर्ब ५४ अर्ब रुपैयाँ पुगेको उनले जानकारी दिएका छन् ।

सार्वजनिक ऋण गत आर्थिक वर्षमा कायम भएको कुल गार्हस्थ्य उत्पादनको ४३.४० प्रतिशत रहेको भन्दै अर्थमन्त्री शर्माले हालसम्म ७० अर्ब १६ करोड रुपैयाँ बराबरको वैदेशिक ऋणको साँवा तथा व्याज भुक्तानी भएको तथा चालू आर्थिक वर्षभित्र थप ४० अर्ब भुक्तानी गर्नुपर्ने जानकारी दिए।

आव २०७७/७८ को आर्थिक सर्वेक्षणले २०७७ फागुन मसान्तसम्म मुलुकको खुद सार्वजनिक ऋण १५ खर्ब ८९ अर्ब ४६ करोड रुपैयाँ पुगेको देखाएको थियो । उक्त समयमा सोही अवधिको कुल गार्हस्थ्य उत्पादन ३७.३० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा ६.१० प्रतिशतले बढेको हो।

प्रतिक्रिया दिनुहोस