aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

सफ्ट्वेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश विद्यार्थी रोजगारी र ब्यवसायमा आवद्ध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २९ चैत्र २०७८
सफ्ट्वेरिका कलेजका ३५४ विद्यार्थी दिक्षित, अधिकांश विद्यार्थी रोजगारी र ब्यवसायमा आवद्ध

काठमाडौ । १२ वर्षदेखि नेपालमा उच्च शिक्षामा आइटी पाठ्यक्रम अध्यापन गराउँदै आएको सफ्टवेरिका कलेज आफ आईटी एन्ड इ–कमर्सका तीन सय चौवन्न जना विद्यार्थी दिक्षित भएका छन् । बेलायतको बिख्यात कोभेन्ट्री युनिभर्सिटीको पाठ्यक्रम अध्यापन गराउँदै आएको कलेजका स्नातक उत्रिण विद्यार्थीको राजधानीमा एक समारोह बिच दिक्षान्त समारोह गरिएको कलेज प्रमुख प्रमोद पौडेलले बताए । 

विद्यार्थी दिक्षान्त अगाबै रोजगारी र ब्यवसायमा आवद्ध भएको खवरले हामीलाई अझ हौस्याएको छ । कलेजका अध्यक्ष बिज्ञान श्रेष्ठले थप्छन्, ‘अहिले दिक्षित भएका विद्यार्थी मध्ये  ६०.२५ प्रतिशत विद्यार्थी बिभिन्न सरकारी एवं निजि संस्थामा कार्यरत छन् । २३ प्रतिशत विद्यार्थी रोजगारी एवं थप अध्ययन लागि बिदेश गएका छन् । त्यस्तै १२.५ प्रतिशत विद्यार्थीले आफ्नै स्टार्टअप सुरु गरेका छन् भने ४.२५ प्रतिशत फ्रीलान्सिङ गरिरहेका र उच्च शिक्षाका लागि बिदेश जाने तयारीमा रहेका छन् ।’

हाल नेपालमा आइटी कम्पनीले मासिक करिब एक अर्व आर्जन गरिरहेका छन् । नेपालमा बिदेशी मुद्रा संचिति घटिरहेको सन्दर्भमा आइटिमा अझ धेरै दक्ष जनशक्ति उत्पादन गरि नेपालमै बसेर रेमिट्यान्स बढाउने अवस्था सिर्जना गर्न राज्यले आइटी शिक्षालाई प्राथमिकता दिने निति ल्याउन जरुरी रहेको श्रेष्ठ बताउँछन् ।

प्रयोगात्मक अध्यापनलाई जोड दिने कलेजले विभिन्न समयमा विद्यार्थीका परियोजनाको प्रदर्शनी समेत आयोजना गर्ने गर्छ । बीआईटी अध्ययन गर्ने विद्यार्थीका लागि इनोभेसन हब तयार गरेको छ। कलेजको पढाई सँगसँगै विद्यार्थीले अनुसन्धानमा समेत जोड दिन सकुन भनेर इनोभेसन हबको परिकल्पना गरिएको सफ्ट्वेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए । आर्थिक अभावको कारण अनुसन्धानमा असर नपरोस् भनेर कलेजले ब्यवसायिक सम्भावना भएका उत्कृष्ट परियोजनालाई ५ लाख रुपैयाँ सम्म अनुदान दिने श्रेष्ठले बताए ।

इनोभेसन हबमा कम्प्युटर, थ्री डी प्रिन्टर, सेन्सर, रोबटिक्स उपकरण, ड्रोन, लेगोस लगायत  परियोजनाको आवश्यकता अनुसारको उपकरण सुबिधा भएको कलेज प्रमुख प्रमोद पौडेलले बताए। इनोभेसन हबमा उत्कृष्ट गर्ने विद्यार्थीलाई कोभेन्ट्री युनिभर्सिटीसँग समन्वय गरि थप अवसर दिलाइने बताइएको छ । कलेजले औपचारिक अध्यापन बाहेक सिस्को सर्टिफाईड कोर्स, सर्टिफाइड एथिकल ह्याकिंग कोर्स र अन्य आईटी सम्बन्धित पाठ्यक्रमका कक्षा समेत संचालन गरिएको छ । कलेजले विभिन्न बिधामा विद्यार्थीहरुलाई कलेजकै तर्फबाट र युनिभर्सिटीको समन्वयमा छात्रावृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस